
pku
sbs
Unsku
Pes
Lnp
Rgp1
cjs
Sgr
Ggp
Djs
Gfs
Pbu
Srbpu
Rgp

Gst
Rgu
Ggd
Pvg
Vor
Asm
Rsb
nsb
Wsp
Tsm
Sls
Hal
Bbbpu
Bbu
Rgs
Ksm
Sbs
Ssm
Rgu

Rmb
Syp
Jmb
Abd
Rpp
Jmb
Bml
sab
bbt
Gsb
Ptm
Mks
Pls
विराटनगर । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् ।
केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । रावललाई विमानस्थलमा स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको छ । उनी राजसंस्था फकाइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् । उनी दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा समेत आबद्ध छन् । उनी शिव सेना मोरङको अध्यक्ष समेत भएका थिए । अहिले भने उनी शिव सेनामा आबद्ध छैनन् । विमानस्थलबाट रावल पोख्रेलकै गाडी चढेर सुनसरी गएका छन् ।
सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी आएका हुन् । तर, उनी उद्घाटनका लागि आए पनि प्रतियोगिता भने अन्तिम समयमा आएर सरेको छ । हिजो साँझ प्राविधिक कारण देखाउँदै प्रतियोगिताको उद्घाटन सरेको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी विमल कार्की हुन् । उनले खेल मैदान व्यवस्थापनको काम नसकिएकाले उद्घाटन सरेको बताए ।
त्यस्तै राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता पोख्रेलले नागरिक बचाउने अभियानमा भीम रावल पनि जोडिएकाले आफू भीम रावलसँग जोडिएको बताए ।
