
Pbu
Mbdvs
Rbs
mbd
Sds
Gisld

Gst
Wsp
Rgu
Sls
Rgs
nsb
Ksm
Tsm
Ggd
Asm
Bbbpu
Vor
Sbs
Hal
Pvg
Ssm
Rsb
Rgu
Bbu

Mks
Jmb
Jmb
Pls
Abd
Rmb
Ptm
Syp
bbt
sab
Gsb
Bml
Rpp
रुपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बिहीबार बुटवलमा विरोध सभा गर्ने भएको छ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।
दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल(प्रचण्ड),माधव कुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिनु भएको छ । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताउनु भयो ।
त्यस्तै सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी गरेको छ ।
गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गरिरहनु भएको छ भने राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्नु हुनेछ ।
जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको सो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताउनु भयो । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएकाले यसविरुद्ध आयोजित सभामा हरेक वर्ग, तह र तप्काबाट सहभागी हुन सो समूहले विज्ञप्ति निकालेर आह्वान समेत गरेको छ ।
