
pku
Gfs
Sgr
Ggp
Rgp1
Pes
sbs
Rgp
Lnp
Pbu
Srbpu
Djs
cjs
Unsku

Sls
Rsb
Rgu
Ssm
Hal
Bbbpu
Pvg
Ksm
Ggd
Rgs
Vor
Rgu
Tsm
Gst
Wsp
Bbu
Asm
Sbs
nsb

Rmb
Syp
sab
Abd
bbt
Gsb
Bml
Pls
Rpp
Jmb
Ptm
Mks
Jmb
काठमाडाैँ । नेकपा एमाले पार्टीबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् ।
बुधबार आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका हुन् । अभियान पूर्ण भएपछि त्यसलाई नै पार्टीको रुपमा बिकासित गर्ने उनले बताए ।
त्यस्तै अभियानका क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने रावलको भनाइ छ । पत्रकार सम्मेलनका क्रममा रावलले एमाले अध्यक्ष केपी ओलीप्रति दर्जर्नौ प्रश्न र आरोप लगाए । पार्टीभित्र आफु केपी ओलीको कोपभाजनमा परेको भन्दै उनले आफुलाई स्पष्टीकरण नभइ दोषपत्र थमाइएको जिकिर गरे ।
यस्तै ओलीसँग छलफलका लागि पटकपटक समय लिन खोजेपनि मिलाउन नसकेको उनले बताए । उनले पार्टी गतिविधिमा ओलीले नै निषेध गरेकाले त्यसको जवाफ पनि ओलीले नै दिनुपर्ने धारणा राखे । रावलले अहिलको सरकारबाट समाजवाद ल्याउने कुरा पत्याउन नसकिने भन्दै ओली सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोजेको आरोप लगाए ।
त्यस्तै उनले अहिले सत्ताको खेलमा ठूला दल भन्नेहरु सिद्धान्तहीन बन्न पुगेको र भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरुलाई जोगाउने प्रयास भइरहेको बताए । पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्ध अभिव्यक्ति दिएको भन्नेबारे रावलले एमाले नेताहरुले फैलाइएको हल्ला निराधार र अमूर्त रहेकाले यसले कार्यकर्ता र जनतालाई भ्रमित गर्दै आफु विरुद्ध जनमत सिर्जना गर्ने कुत्सित आशयबाट प्रेरित रहेको तर्क गरे ।
यसैगरी रावलले संविधानको मार्ग निर्देशन र पार्टीका घोषित कार्यक्रम एवं नीति तथा निर्वाचन घोषणा पत्रमा गरेका प्रतिवद्धताहरु पूरा गर्नेतर्फ कुनै इमान्दार प्रयास नभएको आरोप लगाए । बरु पटक पटक पार्टीभित्र कुनै छलफल नै नगरि ओलीले राजनीतिलाई स्थीर तुल्याउनेतर्फ अग्रसर भएको उनले बताए । उनले पार्टीको दशौँ महाधिवेशनमा धाँधलीका बिभिन्न काम केपी ओलीकै निर्देशनमा भएको रावलले जिकिर गरे ।
