
Sgr
Rgp
Djs
Gfs
pku
Pes
Srbpu
Lnp
Unsku
sbs
Pbu
cjs
Ggp
Rgp1

Ggd
Rgs
Rgu
Sbs
Ksm
nsb
Tsm
Bbu
Bbbpu
Gst
Vor
Pvg
Asm
Rsb
Hal
Wsp
Ssm
Rgu
Sls

Jmb
Rpp
Syp
bbt
Pls
Rmb
Gsb
Jmb
Bml
sab
Ptm
Mks
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि थारुले माओवादी भ्रष्टाचार नियन्त्रण,भ्रष्टाचार अन्त्य र शुसासनको लागि खबरदारी अभियान सञ्चालन गरेको र भ्रष्टाचार गर्ने जुनसुकै पार्टीका नेता कार्यकर्ता भए कानुन बमोजिम कारबाही गरिनु पर्छ भन्ने मान्यताकासाथ अघि बढेको बताए ।
माओवादी केन्द्रको सरकार भएको स्थानीय तहमा सबैको साझा मुद्दालाई समेट्ने गरी बिकाशको गतिविधि बढेको बताए । गढवा गाउँपालिकामा माओवादी केन्द्रको सरकार छ र गढवाका कृषी तथा पशुपालन कृषकहरुलको हकहितका लागि, उत्पादन बस्तुको बजारीकरणका लागि र महिला शसक्तिकरणको लागि अघी बढेको बताए । माओवादी बिना देशको समानुपातिक विकाश अघि बढ्न नसक्ने बताए ।
त्यसैगरी तेस्रो गाउँपालिका अधिवेशनमा बोल्दै माओवादी केन्द्रका लेखा आयोग केन्द्रीय समितिका सदस्य तथा दाङ जिल्ला सह-इन्चार्ज रामबहादुर दहितले जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि मेटाउने प्रयास भैरहेकोले त्यसको बिरुद्धमा खबरदारी गर्ने र जनताको बिचबाट बहिसकृत गर्ने कार्यभार माओवादी केन्द्रको कांधमा आएको बताए । पार्टीलाई एकजुट गर्दै सुदृढ़ीकरण गर्दै प्राप्त उपलब्धि मेटाउने दुष्प्रयास गर्ने शक्तिहरुको बिरुद्धमा सबै लाग्नुपर्ने बताए ।
यस्तै अधिबेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्योपाने (सागर) ले भ्रष्टाचार र शुसासनको लागि सडक सदन र जनताको साथमा एक साथ खबरदारी गर्ने बताए । एमाले,काङ्ग्रेसको सरकार भ्रष्टाचारलाई बचाउने गरी बनेको सरकारलाई मनपरी कार्य गर्न नदिने बताए । २०८४ को निर्वाचनमा वडाध्यक्ष र पालिका सहित सबै वडामा माओवादी केन्द्रका नेतालाई जिताउन गरी तयारी गर्न आवश्यक रहेको बताए । उनले पार्टी बलियो र मजबुत नभएसम्म स्थानीय सरकारले जनताको पक्षमा सफल काम गर्न नसक्ने बताए ।
त्यस्तै गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशनमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक हरिमान पुन (बरुण), प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,प्रदेश कमिटी सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्ट,जिल्ला सचिव बिश्वराज आचार्य लगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका उपाध्यक्ष देवराज यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला सदस्य तथा गढवा गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीले गरेका थिए ।

