
Srbpu
Djs
Lnp
sbs
Ggp
Sgr
pku
Gfs
Rgp
Pbu
cjs
Pes
Rgp1
Unsku

Rgu
Tsm
Sls
Hal
Wsp
Rgs
Bbbpu
Sbs
nsb
Pvg
Bbu
Asm
Ggd
Vor
Ksm
Rgu
Gst
Ssm
Rsb

bbt
Jmb
Mks
Abd
Ptm
Pls
Bml
Rmb
Jmb
Rpp
sab
Gsb
Syp
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले देशभरका पालिकास्तरबाट सरकारविरुद्ध खबरदारी बढाउन थालेको छ । माओवादीले १० कात्तिकमा सुरु गरेको पालिकास्तरीय खबरदारी सभा जारी राखेको छ ।
‘सरकारका गलत कामविरुद्ध जनतालाई सचेत गराउन देशव्यापी खबरदारी आवश्यक परेको हाम्रो बुझाइ छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उनका अनुसार खबरदारी सभा र पालिका सम्मेलन अन्तिम चरणमा पुगेको छ । ‘सबै जिल्लामा पालिकास्तरमा सम्मेलन र खबरदारी सभा भएका छन् । कपितय जिल्लामा पालिका सम्मेलन र खबरदारी कार्यक्रम सम्पन्न भएका छन् भने कतिपय पालिकामा जारी छ,’ उनले भने । माओवादीले पालिकास्तरीय खबरदारी सभा गत १० कात्तिकमा काठमाडौंबाट सुरु गरेको थियो । विपत्मा जनताले सरकारको अनुभूति गर्न नपाएको,पुनस्र्थापना र पुनर्निर्माणमा सरकार चुकेको,अन्तर्राष्ट्रिय जगत्मा पहलकदमी लिन नसकेको,जनहितविपरीत सरकार अघि बढेको,सुशासन विरुद्ध भ्रष्टाचारीको संरक्षणमा सरकार लागेको आरोप माओवादीको छ ।
त्यस्तै संविधान संशोधन अग्रगमनको पक्षमा हुनुपर्ने एजेन्डा पनि माओवादीले अघि सारेको छ । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख,पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञ मन्त्री बन्ने गरी संविधान संशोधन गर्नुपर्ने विषय अघि सारेको छ । भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता नदिई व्यवस्था बलियो नहुने निचोड माओवादीको छ । त्यसका लागि संगठन सुदृढीकरण हुनुपर्ने आवश्यकता उसले औँल्याएको छ ।
अन्तर्राष्ट्रिय मानवताको विषयमा पनि सरकारमाथि दबाब बढाएको छ । माओवादीसहित विपक्ष दल र नागरिक समाजका अगुवाको नेतृत्वमा गाजामा इजरायली नरसंहारविरुद्ध देशव्यापी हस्ताक्षर संकलन भइरहेको छ । सरकारलाई गाजावासीको पीडामा बोल्न दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन जारी छ । हस्ताक्षर संयुक्त राष्ट्रसंघमा समेत बुझाउने तयारी छ । केन्द्रीय समिति बैठकको तयारी प्रदेशस्तरीय सम्मेलन र खबरदारी सभाका साथै माओवादीले केन्द्रीय समिति बैठकको तयारीसमेत थालेको छ । आगामी २१ पुसमा बस्ने गरी बोलाइएको बैठकको तयारीमा रहेको नेताहरूले बताएका छन् ।
त्यस्तै बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनको तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थालेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सदन र सडकबाट सशक्त खबरदारी गर्ने गरी प्रतिवेदन आउने माओवादी उप-महासचिव शक्ति बस्नेतले बताए । उनका अनुसार समाजवादी आन्दोलनको विषय पनि प्रतिवेदनमा समेटिनेछ ।
प्रतिवेदन स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ । माओवादी खबरदारी सभा र पालिका सम्मेलनका कारण केन्द्रीय समिति बैठकको मिति सारिएको सापकोटाले बताए । केन्द्रीय समिति बैठकको तयारीका लागि माओवादीले १८, १९ र २० पुसमा स्थायी समिति बैठक बोलाएको छ । नयाँपत्रीका
