
Pes
cjs
Rgp1
Ggp
Djs
pku
sbs
Rgp
Lnp
Gfs
Pbu
Sgr
Srbpu
Unsku

Ksm
Bbbpu
Hal
Rgu
Asm
Tsm
Sls
Vor
Wsp
Pvg
nsb
Ssm
Rgu
Bbu
Rsb
Sbs
Rgs
Ggd
Gst

Rmb
Bml
Abd
sab
Gsb
Pls
Jmb
Ptm
Mks
Rpp
Jmb
Syp
bbt
दाङ । नेपाल विद्यार्थी संघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान दाङमा सुरु भएको छ । नेवि संघको १२ औं महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान आइतवारदेखि सुरु भएको हो ।
नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीको प्रमुख आतिथ्यता एवम् कोही प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की,नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय,नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी,कांग्रेस नेतृ तथा संविधान सभा सदस्य अनिता देवकोटाको विशिष्ट आतिथ्यतामा १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान सुरु गरिएको हो ।
त्यस्तै अभियान अन्तर्गत नेविसंघले जिल्लाका १० वटै स्थानीय तहमा रहेका कलेज तथा माध्यमिक तहका विद्यालयमा सदस्य थपसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीले जानकारी दिएका छन् । अभियानका क्रममा नेविसंघले जिल्लामा चार हजार सदस्यता थप गर्ने र आगामी दिनमा नेविसंघलाई कसरी अघि बढाउन सकिन्छ भनेर विद्यार्थीसँग सुझाव सङ्कलन गरिने नेता गिरीले बताए । नेता गिरीका अनुसार अभियानका लागि जिल्लामा केन्द्रीय सदस्यद्वय तिकलराम पाण्डेय (टिआर) र सुशान्त आचार्य केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् ।
अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रकाश स्नेहीले नेविसंघलाई सशक्त र विद्यार्थीको लोकप्रिय संगठनका रूपमा विकास गर्ने गरी लाग्न सुझाव दिए । नेविसंघ नेपाली कांग्रेसको नर्सरी समेत भएको भन्दै नेता स्नेहीले कांग्रेसलाई जनताको बलियो शक्तिका रूपमा स्थापित गर्न नेविसंघले भूमिका खेल्नु पर्ने बताए ।
त्यस्तै अभियानको उद्घाटन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तिकलराम पाण्डेय (टिआर),सुशान्त आचार्य,आकाश भण्डारीलगायत १० वटै स्थानीय तह तथा कलेजका सभापति लगायतका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अभियानबारे केन्द्रीय प्रतिनिधि तिलकराम पाण्डेयले जानकारी गराएका थिए । जिल्ला सदस्य गुरुप्रसाद गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अर्जुन भट्टराईले गरेका थिए ।
