
Pbu
Bs1
Gsl


काठमाडौं । दरबारमार्ग स्थित लिक्विड लाउञ्जमा शुक्रबार बेलुका बैतडीका रमेश भट्टमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका तरुण दलका केन्द्रीय सदस्य सहित आठ जनालाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
पीडित युवक गम्भीर घाइते भएपछि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान थालेको हो । प्रहरीले तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, तरुण दल काभ्रेका अध्यक्ष सुजन लामा, पब्लिक युथ क्याम्पस,धोबिचौरका स्ववियु उपसभापति मिलन लामा,तरुण दलको भुम्लु गाउँपालिका अध्यक्ष सुलभ पहारी,तरुण दलका काभ्रे जिल्ला सदस्य युवराज लामा,सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तरुण दल अध्यक्ष दावा लामाका साथै डम्बरबहादुर कार्की र शक्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो।
त्यस्तै ज्यान मार्ने उद्योग मुद्दामा उनीहरुलाई अदालतले पाँच दिन थुनामा राख्न आइतबार प्रहरीलाई म्याद दिएको छ ।नयाँपत्रीका
