
Ggp
Srbpu
Djs
Gfs
Unsku
Sgr
Rgp
Pbu
cjs
pku
Rgp1
Pes
Lnp
sbs

Rgs
Rgu
Wsp
Ssm
Ggd
Sls
Asm
Hal
Rgu
Vor
Bbu
nsb
Gst
Rsb
Sbs
Pvg
Tsm
Bbbpu
Ksm

Abd
Gsb
Ptm
bbt
sab
Mks
Bml
Syp
Jmb
Rpp
Rmb
Pls
Jmb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् ।
गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानका क्रममा भनेका हुन् ।
रवि सहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कार गर्दै बयान दिएका छन् । ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो,’ उनले भनेका छन्, ‘या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारीबिना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराईपछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन् ।’ उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बयानका क्रममा भनेका छन् ।
त्यस्तै ‘नयाँ कम्पनीमा कयौँ व्यक्ति, भेण्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवम् कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्र राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो । हरेक भुक्तानीको प्रकृया लगानीकर्ता गितेन्द्र बाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरीफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउँथे,’ रविले बयानमा भनेका छन्,‘हरेक चेकहरूसँग ती चेकहरू दिनुपर्ने कारण सहितको सपोर्टिङ डकुमेण्ट, बिल भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षको निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो ।
त्यसमाथि मेरो कार्यकालमा उल्लिखित सहकारीहरूबाट कुनै ऋण लिने निर्णय भएको छैन, सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराईएको छैन/थिएन ।’ गोर्खा मिडियामा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस भन्ने उद्देश्यले मैले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको उनले बताएका छन् ।
त्यस्तै ‘ति चेकहरूको दुरुपयोग गरी कम्पनीले सहकारी संस्थाको बैंक खाता लगायतमा चेक जम्मा गरेको भए मलाई थाहा हुने विषय थिएन । तर गोर्खा मिडियाले कुनैपनि सहकारी संस्था, व्यक्ति र कम्पनीसँग ऋण लिने भनि सम्झौता तथा बोर्ड निर्णय नगरेकाले उपरोक्त भुक्तानीहरू मेरो जानकारीमा रहेसम्म कुनै ऋणको किस्ता, साँवा वा व्याज होइनन्,’ रविले बयानमा भनेका छन् ।
