
Djs
sbs
Ggp
Rgp1
Pbu
Srbpu
Rgp
cjs
Unsku
Gfs
Lnp
Sgr
pku
Pes

Vor
Ksm
Rgu
Tsm
Ggd
Ssm
Rgs
Pvg
Asm
Bbu
Gst
Sbs
Wsp
Bbbpu
nsb
Sls
Hal
Rgu
Rsb

Rmb
Bml
Mks
Ptm
Rpp
bbt
Jmb
Syp
Abd
sab
Pls
Gsb
Jmb
दाङ । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन ।
दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ९ मा प्रशिक्षण दिँदै एकसय दिने अभियानको समापन गरिएको छ । देश र जनताप्रती काँग्रेसको योगदान, काँग्रेसको ईतिहास, मूल्य मान्यता, एजेण्डा, आफ्नो दायित्व, जिम्बेवारी लगायतका बिषयमा प्रशिक्षण पनि दिईएको थियो । कार्यक्रमको प्रशिक्षकमा नेपाली काँग्रेस दाङ सचिब अर्जुन योगी र शिक्षक संघ दाङका सचिब निशान्त आचार्य रहेका थिए ।
प्रशिक्षण दिँदै उनिहरुले बर्तमान स्थितीमा सधै जनताको पक्षमा रहेर जनताकै काम गर्नुपर्ने कुरामा जोड दिए । एकसय दिने अभियानको समापन गर्दै जिल्ला प्रतिनिधि तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीले काँग्रेसी कार्यकर्ता शसक्त भएर जिम्वेवार बन्नुपर्ने बताए । देश बनाउने जिम्मा काँग्रेस पार्टीलाई भएका कारण वडा तथा टोलटोलमा रहेका समितीहरु शसक्त भएर जनताको काममा तल्लिन हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले काँग्रेसले गरेका राम्रा कामहरुको प्रचार गर्न नसक्नुनै जिम्बेवारी बोध हुननसकेको जिकिर गरे । उनले गरेका कामहरुको प्रशंसा गर्दै जानुपर्ने र एस वडामा भए गरेका समस्याहरुको समाधानका लागि तत्काल माथिल्लो तहमा पुर्याईने बताए । यस वडाका शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चार लगायतका क्षेत्रमा थप स्तरबृद्वि गरिने बताए ।
त्यस्तै नेपाली काँग्रेस लमही-९ का वडासभापती लिलाधर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी संघ दाङ क्षेत्र नम्बर १ का सभापती कृष्ण थापा, क्षेत्रिय प्रतिनिधिहरु सिताराम केसी, श्रिराम दहित लगायतका बक्ताले बोलेका थिए ।
नेपाली काँग्रेस लमही नगरका सह-सचिब खिम बहादुर योगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सहसचिब नवराज ओलिले गरेका थिए ।
