
Rgp
cjs
Rgp1
Gfs
pku
Srbpu
sbs
Unsku
Pbu
Pes
Sgr
Djs
Ggp
Lnp

Asm
Sls
Rsb
Hal
Vor
Sbs
Gst
Bbu
Rgu
Rgu
nsb
Ksm
Ssm
Pvg
Ggd
Rgs
Tsm
Bbbpu
Wsp

Pls
Abd
Ptm
sab
bbt
Rmb
Jmb
Mks
Syp
Bml
Gsb
Jmb
Rpp
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध आइतबार आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ ।
त्यस्तै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी,सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आज अभियोग दर्ता गराउन लागेको हो ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।
यस्तै शुक्रवार मुद्दा दर्ता भएकाहरू सबै प्रतिवादीहरू फरार रहेका छन् । १९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।
त्यस्तै तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई सङ्गठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण,सङ्गठित अपराध र राष्ट्र बैंक कसुर थपिएको थियो ।
