
Rgp
Sgp
Dbs
Rgp
Pbu
Rgp
Lks
Asb
Jns
Usb
ksb
Ggp
Ggp
Dus
Lnp
Rgp
lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाको एक सामुदायिक विद्यालयका नवनियुक्त अध्यक्षले २८ दिनमै विद्यालयको मुहार फेरिदिएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुरमा रहेको हंशेश्वर आधारभूत विद्यालयका अध्यक्ष सम्सद अलि खानले आफू वि.व्य. स अध्यक्ष भएको २८ दिनको अवधिमा विद्यालयको भाैतिक निर्माणमा परिवर्तन ल्याएका छन् । अध्यक्ष खानले आफ्नै लगानीमा २८ हजार बराबरको पिङ निर्माण गरेका छन् भने
विद्यालयको प्राङ्गणमा १५ बराबरको फूल रोपण र कम्पाउण्ड भित्र २४ हजारको लागतमा माटो फिलिङ गर्नुका साथै विद्यालयको पहिचानका लागि ५ हजार बराबरको स्कुल बोर्ड समेत निर्माण गरिदिएका छन् ।
त्यस्तै अध्यक्ष खानले कक्षा ३ नम्बर परीक्षा शुल्क घटाएका छन् । अन्य विद्यालयमा १ सय ५० रूपैयाँ लिदै आएको परीक्षा शुल्कमा उनले घटाएर ५० रूपैयाँ कायम गराएका छन् । भने विद्यालय परिसरलाई क्लिन बनाएका छन् । सरकारले गर्ने काम एक व्यक्तिले गर्दा विद्यालय प्रशासन र अभिभावक समेत खुसी छन् । सरकारको मुख ताकेर बस्नु भन्दा आफुबाट विद्यालयको विकासमा लाग्नुपर्छ भन्ने लागेर विद्यालयमा व्यक्तिगत लगानीबाट विद्यालयको विकासमा जुटेको अध्यक्ष खानले बताएका छन् । उनले आफ्नो कार्यकालमा विद्यालयलाई राप्तीकै नमुना विद्यालय बनाएर देखाउने उदघोष गरेका छन् ।
यसै बीच शुक्रबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि पिङको उद्घाटन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्सद अलि खानले आफ्नै लगानीमा निर्माण गरिदिएको पिङको उद्घाटन गरिएको हो । पिङको उद्घाटन महेन्द्र बहुमुखी क्याम्पस दाङका पुर्व प्रध्यापक देवनारायण चाैधरीले गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्सद अलि खानको अध्यक्षता एवम् महेन्द्र बहुमुखी क्याम्पस दाङका पुर्व प्रध्यापक देवनारायण चाैधरीको प्रमुख आतिथ्यतामा भएको पिङ उद्घाटन कार्यक्रममा विद्यालयका सल्लाहकार बामदेव चाैधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित सदस्य ओमप्रकाश गुप्ता, समाजसेवी तथा बुद्धिजीवी विश्म्बर चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयकी प्रधानाध्यापक बसन्ती चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका अनिता चाैधरीले गरेकी थिइन् ।
