
Pes
Djs
Rgp1
sbs
Sgr
Unsku
cjs
Gfs
Ggp
Pbu
Rgp
pku
Srbpu
Lnp

Ggd
Bbbpu
Pvg
Vor
Rsb
Asm
Wsp
Hal
Ssm
Sbs
Tsm
Ksm
Gst
Bbu
nsb
Sls
Rgs
Rgu
Rgu

Syp
Mks
Rmb
bbt
Gsb
Jmb
Rpp
sab
Bml
Pls
Abd
Ptm
Jmb
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा.निकोलास भुसाललाई कारवाही गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ । ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान,तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्त कुमार शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
त्यस्तै रवि हिरासतमा सुतिरहेको फोटो डा.भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । भुसालले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए । उक्त तस्वीर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिवद्ध रहेको पनि बताएको छ । सभापति लामिछानेको तस्वीर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए ।
यस्तै गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।
