Sidha Patra बिहिबार, पुष ०४, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन । रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्मालाई सोध्दा उनी यस विषयमा धेरै बोल्न मानेनन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रशासन कार्यालय कास्कीका अर्का एक अधिकारीले पनि त्यो फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको बताएका छन् । ‘यस सम्बन्धमा जिम्मेवार अधिकारीलाई बुझ्न र वास्तविकता पत्ता लगाउन भनिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा जिल्ला प्रशासन कार्यालयका ती अधिकारीले भने । उनका अनुसार त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको छ ।

तर उता रास्वपाका एक कार्यकर्ता डा. निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’ यसबारे वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् । यस्तै रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको बताएका छन् । उनले ‘सामाजिक सन्जालमा कतै पाएर’ त्यो फोटो आफूले फेसबुकमा पोष्ट गरेको बताएका छन् । सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको आरोप उनको छ । उनको प्रश्न छ, ‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?’

कानुनी रुपमा दण्डनीय

कानुनका जानकारहरुका अनुसार यसरी कसैको अनुमति विना फोटो/भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’

जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले पनि यो फोटोका सन्दर्भमा साइबर क्राइम लगायतका कानुनी व्यवस्था आकर्षित हुनसक्ने बताए । ‘यो फोटो कहाँको हो, कसको हो, कसले खिच्यो, कसरी खिच्यो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । यदि फोटोमा देखिएको व्यक्ति नेपाली नै हो, नेपालकै हो भने साइबर क्राइम आकर्षित हुन्छ’ ती अधिकारीले भने, ‘त्यसका लागि आवश्यक अनुसन्धान र कारबाही गर्न भनिसकिएको उनलछ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]