
Pes
sbs
Djs
Sgr
Srbpu
Pbu
Gfs
Rgp1
Unsku
Rgp
pku
cjs
Lnp
Ggp

Bbbpu
Rsb
Ssm
Wsp
Pvg
Sbs
Rgu
nsb
Bbu
Tsm
Ggd
Hal
Gst
Ksm
Rgu
Asm
Rgs
Vor
Sls

Rpp
Jmb
Ptm
Pls
Rmb
Syp
Bml
sab
bbt
Gsb
Abd
Jmb
Mks
दाङ । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी नि:शुल्क शिविर सोमबार सम्पन्न भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको हो ।
गढवा गाउँपालिका वडा नम्बर ६ गढवा स्थित गढवा स्वास्थ्य चौकीमा सञ्चालन भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा सन्तानको रहर पुगेका १२ जना महिलाहरुले मिनिल्याप सेवा लिएको परिवार नियोजन फोकल पर्शन(पहेन) रिता न्यौपानेले जानकारी दिइन् ।
संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । स्वास्थ्य कार्यालयले गत मङ्सिर २८ गतेदेखि पौष १२ गतेसम्म १० जिल्लाका स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको जनाएको छ।
स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन संघ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
