प्रिया स्मृती गजमेर/लमही सोमबार, पुष ०१, २०८१

दाङ । देउखुरीको सोमबार आज बिहान ५ बजे बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

त्यस्तै ज्यान जानेमा शिवराज नगरपालिका-३ का वर्ष ४२ कि तिर्थी थारु, सोही ठाउँ बस्ने वर्ष ६९ की फुलची थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ । आज बिहान ५ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोला नजिकै उक्त बस दुर्घटना भएको हो । लु १ ज ४२९८ नम्बरको बस कपिलवस्तुबाट बर्दियाको धार्मिक कार्यक्रममा सहभागी हुनका लागि रिजर्भ गरेर जाँदै गर्दा सो बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा चालक र सहचालक सहित पन्ध्र जना सवार थिए । दुर्घटनामा १२ जना सामान्य घाइते भएका छन । उनिहरुको लमही अस्पतालमा उपचारपछि थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा रिफर गरिएको छ ।

शिवराज नगरपालिका – ५ चनौटा निवासी वर्ष ३४ का बस मालिक / चालक अशोक कोइरालालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]