
Pbu
mbd
Sds
Gisld
Mbdvs
Rbs

nsb
Sls
Hal
Vor
Ksm
Rgu
Ggd
Bbbpu
Tsm
Asm
Bbu
Ssm
Rgs
Pvg
Sbs
Gst
Rsb
Wsp
Rgu

Mks
Pls
Abd
Ptm
Gsb
Jmb
Rpp
Jmb
sab
Syp
bbt
Bml
Rmb
दाङ । घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना विशेष ऋण दिन शुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण प्रभावित भएको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न तथा नयाँ व्यवसाय शुरु गर्न खोजिरहेका शेयर सदस्यहरुका लागि लक्षित गरेर कोरोना विशेष ऋण योजना ल्याएको छ ।
संस्थाको आज शनिवार घोराहीमा सम्पन्न बैठकले यस्तो ऋण सस्तो र सहुलियत ढंगबाट कार्यान्वयनमा ल्याउने निर्णय गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनु भयो । नयाँ निर्णय अनुसार एक अङ्कको व्याजदरमा ऋण लगानी गर्ने सहकारी दाङमै पहिलो आफू रहेको संस्थाले दावी गरेको छ ।
त्यस्तै अब कोरोना भाइसरका कारण संस्थाका सेयर सदस्यहरुले सञ्चालन गर्दै आएको व्यापार व्यवसाय तथा अन्य पेशामा असर परेकाले ती सदस्यहरुले सहज तरिकाबाट सस्तो व्याजदरमा ऋण पाउने भएका छन् । नयाँ निर्णय अनुसार अब १० लाखसम्म ९ दशमलव ९ प्रतिशत र १५ लाखसम्मको ऋणमा ११ दशमलव ९ प्रतिशतमा लगानी गरिने संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
यसैगरी धनजमानी ऋणमा बिना किस्ता १० प्रतिशतमा ऋण लगानी गर्ने निर्णय समेत गरेको संस्थाले जनाएको छ । नयाँ व्यवस्थापनका साथ युवाहरुको नेतृत्वमा सञ्चालन भइरहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न आकर्षक बचत कार्यक्रमहरु सहुलियतपूर्ण ऋण कार्यक्रम, शैक्षिक प्रमाणपत्र धितोमा ऋण लगानी योजनासँगै सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्ने, अप्ठेरोमा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने, सदस्यहरुलाई आकस्मिक घटना सहयोग गर्ने, सदस्य कल्याण कोषका माध्यमबाट सदस्यहरुलाई विभिन्न विधाहरुमा सहयोग गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
