Sidha Patra शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो ।

भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो । सो घटनाको छानविन माग गरी लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिएका हुन् । सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा २ कात्तिकदेखि लामिछाने प्रहरी हिरासतमा छन् । उनलाई विभिन्न जिल्लामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सरकारको दबाबमा प्रहरीले उनलाई आफन्तहरुसँग भेटघाट गर्न कुरा गर्न समेत नदिएको रास्वपा नेताहरूको आरोप छ । उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफुमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानविन गर्न आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]