
Unsku
Pbu
Lnp
Djs
Rgp1
Pes
Ggp
cjs
Sgr
Rgp
Srbpu
Gfs
pku
sbs

nsb
Rgu
Vor
Wsp
Hal
Rgu
Bbbpu
Ksm
Sls
Bbu
Rsb
Tsm
Ssm
Asm
Rgs
Sbs
Gst
Pvg
Ggd

Jmb
Jmb
Syp
Bml
Rpp
sab
bbt
Ptm
Abd
Mks
Rmb
Gsb
Pls
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो ।
भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो । सो घटनाको छानविन माग गरी लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिएका हुन् । सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा २ कात्तिकदेखि लामिछाने प्रहरी हिरासतमा छन् । उनलाई विभिन्न जिल्लामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सरकारको दबाबमा प्रहरीले उनलाई आफन्तहरुसँग भेटघाट गर्न कुरा गर्न समेत नदिएको रास्वपा नेताहरूको आरोप छ । उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफुमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानविन गर्न आग्रह गरेका छन् ।
