Sidha Patra बिहिबार, मंसिर २०, २०८१

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गरेका छन् ।

बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामलाई नागरिक माझ पुर्‍याउन मिडियाको माध्यमबाट मुल्यांकन गर्नुपर्ने बताएका हुन् । ‘प्रदेश सरकारले काम गरेको छ । तर, गरेका कामहरुलाई समेत बाहिर ल्याउन नसक्दा नकारात्मक धारणाको विकास भएको देखिन्छ ।

त्यस्तै प्रदेश सरकारले जनसरोकारको पक्षमा, सुशासन र भ्रष्टाचार निवाकरणकालागी गरेका कामहरुलाई प्राथमिकता दिन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने ,‘भ्रष्टाचार बिरुद्धको पाँच बर्षे रणनीति पास गरेर लागु समेत गरिसकेका छौं । यि क्षेत्रलाई पनि मिडियाबाट अघि बढाउन जरुरी छ ।’
नागरिकमा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी मिडिया क्षेत्र, सामाजिक संघ संस्थाहरुले पहल लिनुपर्ने भनाई उनको छ ।

बास संस्थाले लुम्बिनी प्रदेश सरकारका अशल अभ्यास र उपलब्धिमा आधारित प्रकाशन, प्रशारणको काम गर्न परियोजना समेत सञ्चालन गरेको बारेमा जानकारी गराईको थियो । यस्तै प्रमुख सचिव महादेव पन्थलाई पनि कार्यक्रमबारे जानकारी गराइएको छ । जनस्तरमा प्रदेश सरकारको कार्यक्रम पुग्ने तर, त्यसबारेमा नागरिक बेखबर हुने अवस्थाको अन्त्य गर्न मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रमुख सचिव पन्थले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]