
sbs
Lnp
Pbu
Ggp
Rgp
Sgr
Unsku
Srbpu
pku
cjs
Gfs
Djs
Pes
Rgp1

Ggd
Rgu
Rgs
Rsb
Bbbpu
Rgu
Gst
Sbs
Sls
Pvg
Ksm
Vor
Asm
Bbu
Tsm
Wsp
Hal
Ssm
nsb

sab
Pls
Jmb
Bml
Abd
Ptm
Syp
bbt
Mks
Rmb
Jmb
Gsb
Rpp
दाङ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीलाई आइतबार राजपुरको गुरुङ खोलामा भव्य सम्मान गरिएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर-१ गुरुङ खोलामा रहेको ज्योति आधारभूत विद्यालयको आयोजनामा शिक्षक र अभिभावकसंग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सांसद चौधरीलाई शिक्षा क्षेत्रमा धेरै राम्रो कार्य गरेको भन्दै भव्य सम्मान गरिएको हो ।
उनले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको आवश्यकता अनुसार बजेट व्यवस्थापन गर्ने बताएका छन् । आफू सांसद भएदेखि निरन्तर विद्यालयको पक्की भवन निर्माणका लागि पटकपटक गरेर बजेट राखेको बताए । शिक्षक, अभिभावकसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले मानिस शिक्षित भएको खण्डमा मात्र समाज र राष्ट्र शिक्षित हुने वताए । आजको एक्काइसौं शताब्दीमा शिक्षा बिनाको समाज अन्धकार जस्तै हुने भएको हुँदा पहिले शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताए ।
उनले अहिले देशमा पुरानै प्रविधिबाट मानिस गुज्रि रहेको हुँदा देशमा कुनै परिवर्तन नआएको समेत जिकिर गरे । दलको नाउमा जस्तो व्यक्तिलाई उठायो त्यहीँ व्यक्तिलाई जिताएर पठाउने प्रविधिले गर्दा विकासले कुनै गति नलिएको समेत बताए । मैले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छु । मथ-मन्दिर,कुलो विविध क्षेत्रलाई पहिलो प्राथमिकता नदिएर,शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको हुँदा अब चुनावमा मत दिन्नौ,शिक्षकले मात्र मतदान गरुन्, साथीहरुले मलाई भने,सांसद चौधरीले अन्तरक्रिया कार्यक्रममा बताए । उनले भने-,तर मैले विद्यालयको भौतिक संरचना र गुणस्तर शिक्षाका लागि सधै जोड दिएर अघि बढेको छु,सांसद चौधरीले कार्यक्रमका सहभागीसंग बताए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा उनले गाउँको विकासका लागि के- के आवश्यकता छ,तपाईले मलाई स्टिमेट गरेर दिनुस् म बाजेटको व्यवस्थापनमा लाग्छु,वडा नम्बर १ कि वडा सदस्य तुलसा मल्ललाई आग्रह गरे । हामी विकास गर्नका लागि नेता बनेको हुँदा निरन्तर लाग्न जरुरी रहेको बताए ।
यस्तै अन्तरक्रियामा राजपुर गाउँपालिका वडा नम्बर १ कि वडा सदस्य तुलसा मल्लले पहिलो प्राथमिकता,शिक्षा,स्वास्थ्य, बाटो,पुल,होमस्टे,सिमसार,खेतीयोग्य जमिन खोलाले कटान गरिरहेको हुँदा तटबन्धको व्यवस्थापन गरि दिन आग्रह गरिन । सांसदहरुले सुगम क्षेत्र मात्र नभएर दुर्गम क्षेत्रलाई पनि पहिलो प्राथमिकता राखेर कार्य गर्न जरुरी रहेको वडा सदस्य मल्लको भनाइ रहेकोे थियो ।
त्यस्तै उक्त भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले विद्यालयको फिल्ड तथा पर्खाल निर्माणका लागि अनुमानित २० लाख र ४ कोठे भवन निर्माणका लागि अनुमानित ५० लाख गरेर कुल ७० लाखको बजेट व्यवस्थापन गरि दिनका लागि सांसद चौधरीलाई माग पत्र बुझाएका छन् ।
त्यस्तै उनले अहिले इलाका प्रहरी कार्यालयसंग समन्वय गरेर ज्योति आधारभूत विद्यालयमा वार्षिक दुई पटक लागूऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु पनि गरेको जानकारी दिए ।
उक्त कार्यक्रमको अवसरमा समाजसेवी एवं बुद्धिजीवी तथा शिक्षा प्रेमी मान बहादुर बुढा मगरले शिक्षा सुधार्नका लागि पहिले शिक्षक,अभिभावक बीच समन्वय हुन जरुरी रहेको बताए । उनले आफ्नो विद्यार्थी जीवनको अवस्था बारेमा स्मरण गर्दै बुढाले भने हामी यहाँदेखि गढवाको जनता माध्यमिक विद्यालयमा पढ्न जाने र आउने गर्दा धेरै संघर्ष गरेर पढेका थियौं,तर आज हाम्रा बालबालिकालाई त्यति धेरै गाह्रो छैन । आधारभूत तहसम्म गाउँमै पढ्न पाउने व्यवस्था भएको छ । यो सुखद पक्षय हो,तपाईहरुले आफ्नो बालबच्चाको विशेष ध्यान दिएर शिक्षा प्रदान गर्न तिर लाग्नुस भन्दै समाजसेवी बुढाले आग्रह गरे ।
त्यस्तै उनले अहिले धेरै जस्तो ७,८ कक्षामा पढ्ने बालबालिकाहरु कुलतमा लाग्ने गरेको हुँदा यश तर्फपनि सचेत हुन् जरुरी रहेको बताए । गढवामा कक्षा ९,१० सम्म एउटै कक्षामा पढेको साथी संघीय सांसद र मन्त्री भएर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको देखेर आफू अत्यन्तै खुशी भएको बताए ।
ज्योति आधारभूत विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ८९ वर्षीय राजबहादुर बुढाले गाउँसमाजमा धेरै समस्या रहेको हुँदा आगामी दिनमा निरन्तर यसैगरी गुरुङ खोलालाई सहयोग गर्न सांसद चौधरीलाई आग्रह गरे ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पस्च्यात सांसद चौधरीले उक्त गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाई,गणेश सामुदायिक वनको भवन,होमस्टे, जलासय,खोलाको कटान तथा निर्माण हुँदै गरेको झोलुङ्गे पुलको समेत अनुगमन गरेका थिए ।

