
Mbdvs
Rbs
Sds
Pbu
Gisld
mbd

Ssm
Gst
Ggd
Sbs
Rgu
Rsb
nsb
Rgs
Ksm
Pvg
Hal
Rgu
Tsm
Bbu
Sls
Vor
Wsp
Bbbpu
Asm

Bml
Ptm
bbt
Pls
Syp
Jmb
sab
Gsb
Rmb
Jmb
Abd
Rpp
Mks
दाङ । देउखुरीको मन्त्र होटलमा बिहीबारदेखि खानेपानीको गुणस्तर तथा प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने अभिमुखिकरण तालिम संचालन भएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेको अध्यक्षता एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यता र खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका आयोजना प्रमुख शालिकराम पौडेलको विशेष अतिथिमा संचालन भएको तालिम कार्यक्रममा प्रमुख अतिथि अर्यालले खानेपानी तथा सरसफाइ संविधान प्रदत्त मौलिक मानव अधिकार भएकोले खानेपानी उपलब्ध गुणस्तरीय गराउनु राज्यको प्रमुख दायित्व हो र त्यसलाई कुशल व्यवस्थापन तथा संचालन गर्नु उपभोक्ता समितिको कर्तव्य रहेको बताउनु भयो ।
त्यस्तै उहाँले खानेपानी संविधान अनुसार तीन तहको सरकारको साझा सुचीमा रहेकोेले तहगत सरकारहरुले उपभोक्ता समितिसंग समन्वय गरि आयोजनाको कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ दाङका अध्यक्ष ध्रुव ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखिकरण तालिमको औपचारिक कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सदस्य कमला न्यौपाने, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानका डिइ आबिद हुसेल ,सहभागीको तर्फबाट खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाँकेका जिल्ला अध्यक्ष भद्रप्रसाद देवकोटा लगायतका वक्ताले बोल्नु भएको थियो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा संचालन सो दुई दिने तालिममा लुम्बिनी प्रदेशको १२ वटा जिल्लाका ५० जना प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
उक्त तालिममा खानेपानीको गुणस्तर अभिवृद्धि, सुरक्षित खानेपानी वितरण, खानेपानीको गुणस्तर कायम, समय-समयमा पानी परिक्षण, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले पानीको गुणस्तरको लागि सरकारका निकायहरुसंग कसरी सहकार्य गरेर अगाडि बढ्ने, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ को व्यवस्था, गुणस्तर सुचारुपना र दिगो पना, तीन तहको सरकार बीचमा खानेपानी तथा सरसफाइको जिम्मेवारी र नितिगत कार्यान्वयन र व्यवस्थापनको बारेमा सहभागीलाई प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको हो ।
त्यस्तै प्रशिक्षकमा राजेन्द्र अर्याल र शालिकराम पौडेल रहनु भएको तालिमको औपचारिक कार्यक्रमको संचालन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सह- संयोजक साबित्रा रेग्मीले गर्नु भएको थियो ।
त्यसैगरी सो तालिम सम्पन्न गरिसकेको केही महिना पछि,पानी परिक्षण गर्ने ल्याब सहित आफ्नो गाडीका साथ तालिमबाट कस्तो प्रभाव पर्यो भनेर प्रत्येक जिल्लाको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको स्थलगत अनुगमन गर्ने तालिमका प्रमुख प्रशिक्षक राजेन्द्र अर्यालले जानकारी दिनु भयो ।
