Sidha Patra बिहिबार, मंसिर १३, २०८१

दाङ । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगतको कार्यक्रम बुधबार राजपुर – ३ खरदरियामा सम्पन्न भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले समाजमा हुने विभेदकारी कार्यको अन्त्य गर्नका लागि महिला-पुरुष एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।गाउँ,समाजमा हुने विभिन्न महिला हिंसा,जातीय विभेद आदिको अन्त्य गर्नका लागि राज्यका सरोकारवाला निकाय लगायत आम जनसमुदाय पनि एकजुट भएर लागेको खण्डमा मात्र यो अभियानले साक्षरता पाउने अध्यक्ष बुढाथोकीले बताए ।

त्यस्तै अहिले राजपुर गाउँपालिकाले महिला दिदीबहिनीहरुका लागि सेवा केन्द्र राखेर नि:शुल्क वकिलको व्यवस्था गरि मुद्दा लड्न सहज बनाइ दिएको हुँदा गाउँ-समाजमा हुने गलत प्रविधिको खुलेर बिरोध गर्न कार्यक्रममा उपस्थित सम्पूर्ण महिला-र पुरुषलाई आग्रह समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाकि उपाध्यक्ष धनपती देवी यादवले महिला-पुरुष एक रतको दुई पाङ्ग्रा भएको बताएकि छिन् । उनले समाजमा महिला – पुरुष नभए कुनैपनि कार्य गर्न असम्भव हुने भएको हुँदा दुबैजना मिलेर अघि बढ्नुपर्ने बताइन् ।

लैङ्गकि हिंसा भित्र पुरुष पनि पर्ने भएको हुँदा यस्ता हिंसाको सबैले मिलेर प्रतिकार गर्नुपर्ने बताइन् । अहिले पालिकाले सेवा केन्द्रमा एक हप्तासम्म नि:शुल्क खान,बस्नको समेत व्यवस्था गरेर मुद्दा हरु लड्ने व्यवस्थापन गरेको हुँदा निर्धक्क भएर कुनै पनि हिंसा नसहन आग्रह गरिन् ।राजपुर गाउँपालिकाकि कार्यपालिका सदस्य तथा वडा नम्बर ३ कि वडा सदस्य मायावती यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी सहायक निरीक्षक फजलेवारी मुसलमान,मानव कल्याण वातावरण तथा संरक्षण केन्द्रका मनोविद परामर्शदाता गिता यादव,महिला तथा बालबालिका शाखा राजपुरकि प्रमुख सुनिता चौधरीले प्रशिक्षण दिएका थिए ।

महिला तथा बालबालिका शाखा राजपुर तथा इलका प्रहरी कार्यालय गढवाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा राजपुरकि प्रमुख सुनिता चौधरीले गरेकी थिइन् । कार्यक्रम राजपुरको १ नम्बर वडा माररी खोलाबाट सुरु भएको थियो । अब निरन्तर अन्य वडाहरुमा यो कार्यक्रम संचालन गर्ने प्रमुख सुनित चौधरीले जानकारी दिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]