Sidha Patra बुधबार, मंसिर १२, २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको छ ।

विद्युत् नियमन आयोग र प्राधिकरणको सञ्चालक समितिले लाइन नकाट्न निर्देशन दिएपछि प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाउन थालेका छन् । प्राधिकरण स्रोतका अनुसार उद्योगका सञ्चालकहरूको घर ठेगाना रेकी गर्ने काम भइरहेको छ । स्रोत भन्छ, ‘पहिचान भएपछि क्रमशःसबै सञ्चालकको घरमा लाइन काटिने छ ।’

त्यस्तै प्राधिकरणले विद्युत् वितरण विनियमावली २०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम सञ्चालकहरूको घरको लाइन काट्ने निर्णय गरेको हो । जसमा ‘बक्यौता महसुल असुलउपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्था/कम्पनी) का सञ्चालकहरूको आवासको समेत लाइन काटी बक्यौता असुल गर्नुपर्ने’ उल्लेख छ ।

बुधबार साँझ मात्रै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी रोक्न धितोपत्र बोर्ड र कम्पनीको सेयर स्वामित्व हस्तान्तरण रोक्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]