
Ssb
Bsn
Nsb
Rks
Gsb
Usb
Csb
Ksb
Ppu
Tgp
jsb
Ksb
Ksb
Ssb
Rsb
Fmb

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
ptl
Rgu
दाङ । देबिपाटनका मठाधिश सहितको टोलीले गोरक्षपात्रदेबता सिद्धरत्ननाथ मन्दिरका मठाधिश तथा अन्य पदाधिकारीहरु बीच बुधबार शिष्टाचार भेटघाट गरेको छ ।
भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला तुलसीपुरमा अबस्थित देबिपाटन मन्दिरका मठाधिश मिथिलेशनाथ योगी,बलरामपुर बिधान शभा सदस्य पल्टुराम,नगर प्रमुख धिरज सिंह, कथाबाचक सर्बेश्वर महाराज सहितको टोलीे र सिद्धरत्ननाथ मन्दिरका मठाधिश तथा अन्य पदाधिकारीहरु बीच शिष्टाचार भेटघाट भएको हो ।
सो अबसरमा सिद्धरतनाथ मन्दिरका सल्लाहकार डाक्टर भोलानाथ योगीले पाहुनाहरुको स्वागत गर्दै गोरक्षपात्रदेबता सिद्धरतननाथको ऐतिहासिक,मन्दिर परिसरमा रहेका ऐतिहासिक सम्पदाहरुको बारेमा अबगत गराएका थिए । उनले गोरक्षपात्रदेबता सिद्धरतननाथ मन्दिर र देबिपाटन बीचको ऐतिहासिक सम्बन्धका कारण पनि दुई देशका नागरिक बीचको सम्बनध सुमधुर भएको बताए ।
त्यस्तै सो अबसरमा बोल्दै देबिपाटनका मठाधिश मिथिलेश नाथ योगीले यस वर्षको सिद्धरतनाथ देबिपाटन यात्रा ऐतिहासिक भएको बताए । उनले यात्रालाई आगामी दिनमा थप ब्यबस्थित गर्न आफु प्रतिबद्ध रहेको स्पष्ट पारे । यात्राले दुई देशको बीचको पारस्परिक सास्कृतिक सम्बनधलाई मजबुत बनाउन भुमिका खेलने उनको भनाइ थियो । भेटघाट कार्यक्रममा सिद्धरतनाथ मन्दिरमा मठाधिश योगी ब्रम्हनाथ, सल्लाहकार समितिका सदस्यहरु डाक्टर शिब कुमार सुबेदी, अम्मर बहादुर डाँगी,कार्यसमिति सदस्य डाक्टर गोबिन्द आचार्य,उपसमितिका संयोजक शेसदत्त चौधरी,रतननाथ मन्दिरका पुर्ब मठाधिश सुरतनाथ योगी लगायतले बोलेका थिए ।
यस्तै भेटघाटका अबसरमा रतननाथ मन्दिर परिसरमा निर्माणधिन अबस्थामा रहेको मन्दिर परिसर भबन र धर्मशाला र लमही नगरपालिका वडा नम्बर ६ मा रहेको सिद्ध रतननाथजीको मन्दिरको समेत अबलोकन गरेको थियो । कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अन्य पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । नेपालको तर्फबाट हरेक वर्ष चैत्र पंचमिका दिन भारतको बलरामपुर जिल्ला तुलसीपुर स्थित पाटेश्वरी मन्दिर पुग्ने गर्दछ । बिक्रम सम्बत ८०९ देखि देबिपाटन यात्रा चल्दै आएको बताइन्छ ।
