Sidha Patra आइतबार, मंसिर ०९, २०८१

धनगढी । कैलालीको एक विवाहमा एक किशोरमाथि कुटपिट भएको छ ।

कुटपिटबाट एक जना घाइते भएका छन भने ४ जना पक्राउ परेका छन् । (शनिबार) हिजो घोडाघोडी नगरपालिका वडा नम्बर –७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाइलो गर्ने क्रममा १५ वर्षीय अंकित गौतममाथि कुटपिट भएको हो।

कुटपिटबाट उनको टाउँकोमा चोट लागेको छ । सामुहिक कुटपिटबाट घाइते भएका अंकितको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। किशोरमाथि कुटपिटको आरोपमा चार पक्राउ परेका छन् । घोडघोडी नगरपालिका–७ का २३ वर्षीय आकाश विक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामी मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

त्यस्तै विवाहमा कुटपिट भएपछि त्यहाँ प्रहरी खटिएको थियो । कुटपिटमा संलग्न समुहलाई प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि नै हातपात गर्न खोजिएको डिएसपी बोहराले बताए। कुटपिटमा संलग्न पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]