Sidha Patra आइतबार, मंसिर ०९, २०८१

काठमाडौं । ऐतिहासिक धरोहर धरहरा चढ्न आइतबार आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको हो ।

सरकारले आजदेखि धरहरा चढ्दा टिकटको प्रतिव्यक्ति २ सय रुपैयाँ तोकेको हो । जसमध्ये विद्यार्थी,ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि भने ५० प्रतिशत अर्थात् १०० रुपैयाँ छुट दिइएको छ । यसैगरी सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेकका अन्य देशका नागरिकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

त्यस्तै वर्षको संविधान दिवसको अवसरमा (असोज ३ गतेदेखि) परीक्षणको रूपमा निःशुल्क धरहरा चढ्न दिइएको थियो । तर आज मंसिर ९ गतेदेखि सरकारले शुल्कसहित टिकट वितरण गर्न लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने सम्बन्धमा निर्णय गरेको थियो । यस्तै धरहरा क्षेत्रमा पार्किङका लागि चारपांग्रे र दुईपांग्रे सवारीसाधन गरी वर्गिकरण गरेर शुल्क तोकिएको छ । जसमध्ये चारपांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुईपांग्रेलाई प्रतिघन्टा १० रुपैयाँ तोकिएको छ ।

धरहरा नचढ्ने तर भित्र मात्रै प्रवेश गर्नेहरुले आजदेखि ५० रुपैयाँ तिर्नुपर्ने छ । यसवाहेक धरहराभित्र व्यवसायिक रुपमा भिडियो खिच्न प्रतिघण्टा ५ हजार र फोटो खिच्न प्रतिघण्टा १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]