
jsb
Usb
Tgp
Rks
Csb
Nsb
Fmb
Gsb
Ssb
Ssb
Bsn
Ksb
Rsb
Ksb
Ppu
Ksb

Ssb
Gsb
Hl1
Usb
Tsb

Rgu
ptl
Nps
दाङ । मुक्त कम्लहरीहरुको सञ्जाललाई जिल्ला र पालिका स्तरमा सक्रिय बनाइने भएको छ ।
युएसए आइडी,नागरिक समाज र सञ्चार एवम् द–एसिया फाउन्डेशनको संयुक्त साझेदारीमा मुक्त कम्लहरी विकास मञ्चले शुक्रवार दाङको लमहीमा आयोजना गरेको मुक्त कम्लहरीको अधिकार र मुद्दाका लागि प्रमाणमा आधारित पैरवी परियोजना अन्तरगतको परियोजना परिचय बैठकमा सो विषयमा छलफल गरिएको हो ।
मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरामोती चौधरीले परियोजनाको विषयमा जानकारी गराउँदै हाल पालिका,नगर र जिल्लामा रहेका मुक्त कम्लहरीहरुको सञ्जाललाई सक्रिय बनाएर उनीको भुमिका तथा पहुँच बढाउने बताएकि छिन् । उनले पालिका तथा नगरपालिकामा कम्लहरीहरुको डाटा अपडेट गरी प्रतिवेदन तयार पारेर सहयोग गर्ने तथा स्थानीय सरकारले बनाउने नीति,कार्यक्रम तथा योजना निमार्णमा उनीहरुको पहुँच पुर्याउने कार्यक्रमको मुल उद्देश्य रहेको बताइकि हुन् । उनले त्यसका लागि पहिलो चरणमा पालिका,नगर,जिल्ला हुँदै प्रदेश स्तरमा संवाद कार्यक्रम राखेको बताइन ।
मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कम्लहरीको समस्या अन्त्यका लागि शिक्षामा पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन् । प्रमुख अतिथि चौधरीले जव सम्म शिक्षामा कम्लहरीहरुलाई दक्ष बनाउन सकिदैन तव सम्म समस्याको समाधान हुन नसक्ने बताए ।
कार्यक्रममा दाङ,बाँके र बर्दियाका मुक्त कम्लहरीहरको सहभागीता रहेको थियो । मञ्चका कार्यकारी निर्देशक अमित घिसिङ तमाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परियोजना निर्देशक सुबोध कुमार चौधरीले गरेका थिए ।
