Sidha Patra मंगलबार, कार्तिक २०, २०८१

सुर्खेत । दसैँ–तिहारको अवधिभर कर्णाली प्रदेशमा १०२ वटा सवारी साधनहरू दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक १९ गतेसम्म ३३ दिनमा ती दुर्घटनाहरू भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार ती दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १८४ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

यस्तै ८६ जना घाइते भएका थिए । तिहारमा त्यो भन्दा बढी दुर्घटना भएको उनले डाँगीले बताए । जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतमा दुर्घटनाहरू बढेको उनले बताए । त्यसपछि दैलेख, सल्यान र जाजरकोटका दुर्घटना बढी भएका छन् । दुर्घटना भएका सवारीमध्ये ७२ वटा मोटरसाइकल, सानो जिप २३, माइक्रोबस १२ वटा रहेका छन् ।

त्यस्तै चाडपर्वको अवधिमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने,यात्रु क्षमता दोब्बर हुने लगायतका कारण दुर्घटनाहरू बढ्ने गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]