
Asb
ksb
Dbs
Ggp
Lks
Sgp
Jns
Rgp
lnp
Rgp
Usb
Rgp
Ggp
Pbu
Lnp
Rgp
Dus


काठमाडौँ । पछिल्लो समय देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै कोशी, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
