
mbd
Pbu
Gisld
Mbdvs
Sds
Rbs

Tsm
Wsp
Hal
Rsb
Ggd
Vor
Gst
Rgu
Bbu
Bbbpu
Sbs
Rgu
nsb
Asm
Rgs
Sls
Pvg
Ksm
Ssm

Pls
Rpp
Jmb
bbt
Mks
Bml
Syp
Rmb
sab
Abd
Jmb
Ptm
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयको ५८ औं वार्षिक अभिभावक भेला कार्यक्रम आइतबार समापन भएको छ ।
समाजसेवी एवं जेष्ठ अभिभावक खगेन्द्र आचार्यको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपती देवी यादवको विशेष अतिथिमा संचालन भएको अभिभावक भेला कार्यक्रममा राजपुर शिक्षा शाखा प्रमुख केशव लम्साल राष्ट्रिय परिक्षा बोर्ड कोहलपुरका शिक्षा अधिकृत तथा विद्यालयका पुर्व शिक्षक भगवानदास यादव,नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँ कमिटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर),राप्रपा नेपालका केन्द्रीय सदस्य लिला यादव,राष्ट्रिय जनमोर्चा पार्टीका प्रतिनिधि बेमराज खनाल,विद्यालयका निवर्तमान अध्यक्ष अम्मरराज गिरी,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टोपेन्द्र खनाल,शंकर माबिका प्रअ अशोक प्रसाद यादव, सल्लाहकार गोपाल वली,पुर्व अध्यक्ष जमुुनाप्रसाद यादव लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक आयव्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत प्रधानध्यापक केशवराम यादवले गर्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक भानुनाथ योगीले गर्नु भएको थियो ।
त्यस्तै ५८ औं अभिभावक भेलामा समयको अभाव भएको हुँदा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको कुनै टुंगो नलागेको र अब अर्को भेला बोलाएर समिति गठन प्रक्रियालाई अघि बढाइने सो विद्यालयका प्रधानध्यापक केशवराम यादवले बताउनु भएको छ ।



