
Srbpu
Unsku
pku
Pbu
Sds
Lnp
Rgp
Gfs
Rmb
Cps
Ggp
Djs
sbs
Pes
cjs
Rgp1
Rgp
Gis
Sgr

Ksm
Vor
Ggd
Bbbpu
Bbu
Rsb
Rgu
Pvg
Tsm
Sbs
Gst
Wsp
nsb
Rgu
Hal
Asm
Sls
Rgs
Ssm

Bml
sab
Syp
Abd
Pls
Mks
Jmb
bbt
Gsb
Rmb
Jmb
Rpp
Ptm
सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका वडा नम्बर –८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका –४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका –१, मा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्याइएको थियो ।
यस्तै अस्पतालले उनलाई मृत घोषणा गरिदियो । यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको विश्वकर्माले बताए ।रातोपाटी
