Sidha Patra बिहिबार, कार्तिक ०८, २०८१

सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका वडा नम्बर –८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

त्यस्तै दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका –४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका –१, मा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो ।

यस्तै अस्पतालले उनलाई मृत घोषणा गरिदियो । यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको विश्वकर्माले बताए ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]