Sidha Patra मंगलबार, कार्तिक ०६, २०८१

दाङ । लमही नगरपालिका – ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठ (वाग्ले) ले नीलसागर सेवाआश्रमलाई खाद्यान्न तथा नगद रुपैयाँ प्रदान गरेर आफ्नो जन्म दिन मनाएकी छिन् ।

सतबरियामा रहेको मनकामना मेडिकल हलको ल्याब असिस्टेन्ट समेत रहेकी श्रेष्ठ (वाग्ले)ले राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको आश्रमका कार्यवाहक अध्यक्ष गरीबु चौधरीलाई ६० केजी चामल,१० केजी दाल र नगद २ हजार पाँच सय रुपैयाँ प्रदान गरेकी हुन् ।पछिल्लो समय हरेक मानिसहरुले आफ्नो जन्म दिनका अवसरमा महँगो होटेल तथा लजहरुमा पुगेर लाखौं खर्च गर्ने गरेको पाइन्छ । तर शर्मिलाले आश्रममा रहेका जेष्ठनागरिक बुवा-आमा तथा दिदीबिनीहरुलाई आश्रमद्वारा खुवाइने खानपिनमा केही सहज होस् भन्ने उदेश्यका साथ आफ्नो जन्म दिनको अवसरमा उक्त सामग्रीहरु प्रदान गरेको बताइन् । आज बिहान श्रीमान मनकामना मेडिकल हलका संचालक एवं डाक्टर कुलदीप वाग्ले,छोरा कुशल वाग्लेका साथ आश्रममा पुगेर खाद्यान्न र नगद प्रदान गरेका हुन् । वाग्ले परिवारले आफ्नो जन्म दिनका अवसरमा सधै आश्रमलाई खाद्यान्न तथा नगद प्रदान गरेर जन्म दिन मनाउदै आएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]