
Rksr-7
Csbg-7
jsbr-3
Pbu
Gsbg-3
Msbg-2
Gsbr-6
Usbl-7
ksbl-7
Jsbg-7


काठमाडौं । प्रहरीले कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर -१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका -१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ थान मोवाइल प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
