
Sds
Pbu
mbd
Mbdvs
Gisld
Rbs

Gst
nsb
Asm
Sbs
Tsm
Hal
Bbbpu
Sls
Ggd
Pvg
Rgu
Vor
Ksm
Wsp
Bbu
Ssm
Rgu
Rsb
Rgs

Gsb
Ptm
sab
Rpp
Pls
Rmb
Abd
Syp
bbt
Bml
Jmb
Jmb
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला अन्तरगत राप्ती नदीमा डुबेर बेपत्ता भएका २४ वर्षीय प्रदीप चौधरीको शव ५० घण्टा पछि मात्र गोताखोरको टिमले फेला पारेको छ ।
माघी संक्रान्तिको दिन आफन्त संग राप्ती नदीमा नुहाउने र पिकनीक खाने योजनाले चौधरी नदीमा गएका थिए । दिउँसोको ११:३० बजेको समयमा उक्त घाटमा पुगेर नदी तिर हेर्ने क्रम एउटा माछा पानी माथि तैरेको देखेपछि सो माछालाई पकड्न उनी आफ्नो लुगा उतारेर नदीमा हाम फाली बेपत्ता भएको उनका साथी बिमल चौधरीले सिधापत्रलाई जानकारी दिएका हुन् ।
त्यस्तै चौधरी नदीमा बेपत्ता भएपछि उनको खोजी कार्यको लागि बिहीबार नै शस्त्र प्रहरी,नेपाल प्रहरी, स्थानीय बासीको संयुक्त सहकार्यमा बोड,डुंगाको साहेतामा दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म खोजी कार्य गर्दा कुनै पत्तो लागेन त्यस्तै उनको शव नभेटेपछि,शुक्रबार नेपाली सेना थपगरी बोड र डुंगाकै साहेतामा खोजी कार्य भयो । यता शुक्रबार पनि उनको कुनै अत्तोपत्तो नलागेपछि,शनिबार गोताखोरको टिम बोलाएर खोजी कार्य गर्दा शस्त्र प्रहरीका जवान गोताखोर मोहन बिष्टले दिउँसो १:३० बजेको समयमा चौधरीको शव डुबेकै ठाउँबाट झिकेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनु भयो ।
चौधरीको शबलाई लमही हस्पिटलमा पोष्टमार्टमको लागि राखिएको छ । उनको पोष्टमार्टमको रिपोर्ट आएपछि,आइतबार राप्ती घाटमा अनत्यस्ती गरिने उनका परिवार श्रोतले जानकारी दिएको छ ।
