
Csb
Rsb
Rks
Gsb
Bsn
jsb
Tgp
Ksb
Ssb
Ssb
Nsb
Ksb
Ppu
Usb
Fmb
Ksb

Hl1
Tsb
Ssb
Usb
Gsb

ptl
Rgu
Nps
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ जनकपुरमा बिहीबार रात्रीकालिन दशै विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
श्री लक्ष्मी रिलेक युवा क्लबका अध्यक्ष सागर चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरीकोको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले वडा भित्र दशै पर्वमा हुने विभिन्न कार्यक्रमलाई आगामी दिनमा व्यवस्थित रुपले संचालन गर्ने बताएका छन् ।
उनले २०७४ सालको स्थानीय निर्वाचनबाट आफू वडामा निर्वाचित भएर आएपछि वडा भित्रको प्रमुख
समस्याहरु बाटोघाटो,विद्युत,खानेपानी,शिक्षा, स्वास्थ्य,कृषि लगायतको क्षेत्रमा विशेष रुपले कार्य गरेको बताए । त्यस्तै अध्यक्ष गिरीले २०७९ मा पुनः आफु वडामा निर्वाचित भएर आएपछि,युवाहरुलाई विभिन्न सिपमूलक सीपहरु सिकाउदै आएको र शिक्षा क्षेत्रमा शिशु कक्षादेखि व्याचलरसम्म नि:शुल्क शिक्षा प्रदान गर्दै आएको समेत बताए ।
यस्तै उनले लमही नगरपालिका वडा नम्बर ७ लाई नमूना वडा बनाउनका लागि युवाहरुलाई नि:शुल्क सीपमूलक सीपहरु सिकाउदै आएको बताए । उनले वडाबाट महिला दिदीबहिनीहरुलाई विभिन्न सीपहरु सिकाउदै आएको बताए । चुनावका बेला गरेका बाचाहरु नभुलेको र आगामी दिनमा अझै वडाको समग्र विकासका लागि निरन्तर लागि पर्ने बताए ।
क्लबका सदस्य ममता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष किरण बिक्रम शाह,वडा सदस्य उर्मिला चौधरी,मिलिजुली महिला समुहका कोषाध्यक्ष गौरी चौधरी लगायतकाले बोलेका थिए ।
कार्यक्रममा सुनमाली बिक,प्रहरी चौकी गिजेनाका इन्चार्ज मानबहादुर नेपाली,पत्रकार टेकबहादुर पुन,जनकपुर टोलका मुख्या ईन्द्र बहादुर चौधरी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा थारु कला संस्कृति रमाइलो नाचहरु र अन्य प्रस्तुतिहरु राखिएको उक्त कार्यक्रमको औपचारिक कार्यक्रमको संचालन क्लबका सदस्य धन वीर चौधरीले गरेका थिए भने खुल्ला कार्यक्रमको संचालन ज्ञानी पुन मगरले गरेकि थिइन् ।

