सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, आश्विन २२, २०८१

बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जानकारी दिए । दसैँ, तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन देशभरका नाका हुँदै स्वदेश फर्किने गरेका छन् ।

पूर्वी नाका काकडभिट्टा र बीरगञ्ज,धनुषको मटियानी,जलेश्वर लगायतका नाकाबाट पनि दैनिक हजारौँको संख्यामा स्वदेश फर्किरहेका छन् । यो क्रम थप बढ्ने आँकलन गरिएको छ । यो संख्या दशैको मुखमा लाखौँ पुग्ने गरेको छ ।

त्यस्तै पैदल मार्गबाट मात्रै नभएर दशै नजिकिएसँगै साउदी,दुबै युरोप,अमेरिका लगायतका मुलुकबाट हवाईमार्ग हुँदै स्वदेश फर्किनेहरुको संख्या समेत बढ्न थालेको छ । दशैमा हवाईमार्गबाट समेत बर्षेनी पचासौँ हजार दशै,तिहार र छठ पर्वमान्न स्वदेश आउने गरेका छन् ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले यस्ता घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कर्मचारी खटिएको प्रष्ट देख्न सकिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]