
Mbdvs
Rbs
Sds
mbd
Pbu
Gisld

Rsb
Rgu
Rgu
Sbs
Bbu
Vor
Ssm
Rgs
nsb
Tsm
Sls
Wsp
Asm
Ksm
Bbbpu
Gst
Pvg
Ggd
Hal

Rpp
Jmb
Rmb
sab
Pls
Gsb
Bml
bbt
Ptm
Mks
Abd
Syp
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार राप्ती नदीमा माछा पकड्न जाने समय डुबेर बेपत्ता भएका छन् ।
माघी संक्रान्तिको दिन दिउँसो ठिक ११:३०को समयमा घरदेखी उनका हुने वाला ससुरा बुवा कुननारयण चौधरी र जेठान बिमल चौधरी संग बेला-हस्नापुर जोड्ने राप्ती नदीको घाटमा नुहाउने र पिकनिक खाने योजनाले रा ३ प ८७१३ नम्बरको मोटरसाइकलमा दुई किलो बङ्गुरको मासु सहित उनिहरु उक्त घाटमा पुगेका हुन् ।
राप्ती नदीको घाटमा पुगेपछि तीनैजना मोटर साइकलबाट ओर्लिएर नदीतिर हेर्दा पानी माथि एउटा माछा तैरेको देखेपछि बेपत्ता चौधरीले उक्त माछा छोप्नको लागि शरीरको लुगा सत-पएन्त खोलेर नदीमा लगाइएको तटबन्ध जालीदेखि झरेर पानीमा हाम फालेर एक चोटि डुबेर पानी बाहिर निस्के त्यसपछि फेरि डुब्दा उनी ननिस्केको उनका जेठान बिमल चौधरीले जानकारी दिए ।
बेपत्ता चौधरी नदीबाट ननिस्केपछि उनिहरुले आफन्त र स्थानीयलाई जानकारी गराए,त्यसपछि आफन्त र स्थानीय उक्त घाटमा पुगेर हेर्दा उनको लुगा र मोटरसाइकल त्यहीँ भएको र उनी त्यहाँ देखानपरेपछि,आफन्त र स्थानीयले जनप्रतिनिधि, नेपाल प्रहरी,शस्त्र प्रहरीलाई सो घटनाको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै उक्त घटनाको बारेमा सम्बन्धित सबैले जानकारी पाएपछि सो घटना स्थलमा पुगेर नेपाल शस्त्र प्रहरीले दिउँसोको करिब ३ बजेदेखि बेलुका ५ बजेसम्म खोजी कार्य गर्यो तर उनको कुनै पत्ता नलागेपछि, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले जिल्ला प्रमुख अधिकारी संग टेलीफोन मार्फत सम्पर्क गरेर नेपाली सेना उपलब्ध गराई खोजी कार्य गरिदिन अनुरोध गरे पछि अधिकारीले भोलि बिहान नेपाली सेना उपलब्ध गराइदिने जानकारी दिनु भएको अध्यक्ष केसीले सिधापत्र संग बताउनु भएको हो ।
त्यसैगरी भोलि बिहान ९/१० बजेदेखि नेपाली सेना,शस्त्र प्रहरी,नेपाल प्रहरी,जनप्रतिनिधि, पत्रकार,स्थानीय समाजसेवी लगायत सो घटना स्थलमा उपस्थित भै खोजी कार्य गरिइने ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनु भयो ।
त्यस्तै चौधरीको यहीँ आउदो बैशाख महिनामा विवाह हुने तयारी समेत रहेको उनका आफन्तले जानकारी दिए । त्यसैगरी उक्त राप्ती नदीको घाटमा हालसम्म चौधरी सहित बेला गाउँका ६ जना मानिसहरुले ज्यान गुमाइ सकेको समाजसेवी एवं बुद्धिजीवी थानेश्वर गुप्ता (भुलन)ले जानकारी दिनु भयो ।
