Sidha Patra सोमबार, आश्विन २१, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालले तीन अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्दै ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ ।

“आचार संहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने तीनवटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छ,” प्रेस काउन्सिलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस काउन्सिलले सञ्चारमाध्यममा सम्प्रेषित समाचारहरू पत्रकार आचारसंहिता विपरीत भएको भनी प्राप्त हुने उजुरीको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आएको छ । यस क्रममा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको अवधिमा ७६ उजुरी दर्ता गरिएका थिए । २६९ सामग्रीको स्वअनुगमन गरिएको थियो । हाल युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीका विषयमा उजुरी र गुनासा बढ्दै गएको प्रेस काउन्सिलले जनाएको छ ।

गएको साउन महिनायता हिंसा,आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल सहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने,त्रसित पार्ने,अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

“मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल )बाट आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा सामाजिक सञ्जाल (युट्युब च्यानल)को अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलको निर्देशनलाई अनदेखा गर्ने त्यस्ता च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]