
Ssb
Fmb
Ksb
Ksb
Nsb
Csb
Bsn
Gsb
jsb
Ppu
Ksb
Usb
Rsb
Rks
Tgp
Ssb

Ssb
Tsb
Hl1
Usb
Gsb

ptl
Rgu
Nps
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज ईलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको अध्यक्षता तथा विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद रहेका थिए ।
कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरीक्षक चन्दले आर्थिक बर्ष २०८०/८१ मा १८ ओटा मुद्दा दर्ता भएको चार वटा मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ५१ वटा ठाडो निवेदन परेको जस्मा ४५ वटा किनारा लागि सकेको तथा ६ वटा अझै बाकी रहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतना मूलक कार्यक्रम गर्दै आएको जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले अझ सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउन सुझाव संकलन गरिएको बताए ।
कार्यक्रमा बोल्दै वडाध्यक्ष चौधरीले सामाजिक परिवर्तन गर्न व्यक्तिको मानसिकता परिवर्तन हुनु पर्ने कुरामा जोड दिदै आफूले विभिन्न चुनौतीको सामना गर्दै आएको तर पनि समाजमा सकारात्मक परिवर्तन गर्न आफू पछाडि नहट्ने बताए।
कार्यक्रममा बोल्दै वडाध्यक्ष अनवारले प्रहरीको सेवाबाट आम नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने उदेश्यका साथ राखिएको कार्यक्रम सराहनीय रहेको बताउदै आम नागरिकले आफ्नो हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बताए ।
कार्यक्रममा नागरिकबाट आएका जिज्ञासालाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष चन्दले प्रहरी तथा नागरिक मिलेर अगाडि आए मात्र समाजमा शान्ति स्थापना हुन सक्ने कुरामा जोड दिए । कार्यक्रममा स्थानीय,पत्रकार,समाजसेवी,राजनीतिक व्यक्ति, शिक्षाप्रेमी,किसान लगायत अन्यको सहभागिता रहेको थियो । ईलाका प्रहरी कार्यालय गणेशपुरकी सहायक प्रहरी निरीक्षक सृजना पुरीले कार्यक्रम संचाल गरेकी थिइन् ।
