
Ksb
Rsb
jsb
Nsb
Gsb
Ssb
Fmb
Usb
Csb
Bsn
Ssb
Ppu
Rks
Tgp
Ksb
Ksb

Usb
Gsb
Hl1
Tsb
Ssb

Rgu
ptl
Nps
दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले आइतबार दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ र माैरीघाट क्षेत्रको बजार अनुगमन गरेको छ ।
राप्ती गाउँपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा राप्ती गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँका ७ वटा र माैरीघाटमा १ वटा किराना पसलको अनुगमन गरेको हो ।
त्यस्तै ८ वटा पसलको अनुगमन गर्दा ३ वटा विभिन्न किराना तथा गल्ला पसल कारबाहीमा परेका छन् । कारबाही स्वरुप ती पसलहरूलाई ५ हजार देखि २० हजार रुपैयाँसम्मको जरिवाना गरिएको छ । यस्तै केहि पसलबाट म्याद नाघेका अखाद्य बस्तु जफत गरी आवश्यक निर्देशन समेत दिइएको छ ।
दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरि बजारमा हुने कालोबजारी,अखाद्य वस्तु बिक्री तथा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गर्ने, मुल्यसुची नराखेको,उत्पादित बस्तुमा उत्पादन मिति उल्लेख नगरेको,बिलिङ प्रक्रिया नमिलेको ३ वटा पसलबाट ३० हजार रूपैयाँ जरिवाना गरिएको छ । अखाद्य वस्तु जफत गरि नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिबहादुर खत्री जानकारी दिनु भएको छ ।
जरिवाना गरिएका पसलहरुमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ स्थित शुभसिद्वि किराना तथा गल्ला पसलबाट ५ हजार, रावत किराना तथा गल्ला पसलबाट २० हजार र वडा नम्बर ४ माैरीघाट स्थित प्रकृति किराना पसलबाट ५ हजार रुपैयाँ गरि ३० हजार रूपैयाँ जरिवना गरिएको कार्यालय प्रमुख खत्रीले बताए । जरिवना गरिएका पसलका सञ्चालकहरुलाई १ हप्ता भित्र राष्ट्रिय वाणिज्य बैंक मार्फत जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिएको कार्यालय प्रमुख खत्री बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख हरिबहादुर खत्रीको नेतृत्वमा भएको बजार अनुगमनमा सोही कार्यालयकै नायव सुब्बा डम्बर बहादुर बुढा, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, कृषि अधिकृत प्रदिप खत्री,पशु विकास शाखाका पशु डा. विनय थापा,सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी,इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख तथा प्रहरी नायव निरिक्षक मनोहरराम चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए ।

