
jsbr-3
Usbl-7
Gsbr-6
Csbg-7
Msbg-2
Pbu
Jsbg-7
Gsbg-3
Rksr-7
ksbl-7


नुवाकोट । बिदुर नगरपालिका वडा नम्बर ४ मा रहेको मगर बचत तथा कर्जा लगानी कोषको १३ औं वार्षिक साधारण सभा शनिबार आफ्नै कार्यलय भवनमा सम्पन्न भएको छ ।
नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला ईन्चार्ज/NEFIN नुवाकोट जिल्ला अध्यक्ष भगवान राना मगरकाे प्रमुख अतिथ्यता तथा नेपाल मगर संघ जिल्ला अध्यक्ष बचुमाया सुनारि मगरकाे विशेष आतिथ्यता,पुर्व जिल्ला उपाध्यक्ष महेन्द्र थापा मगर,वागमति प्रदेश महिला सचिव सर्मिला थापा मगर,मगर बचत तथा कर्जा लगानी कोषका संस्थापक सदस्य रामचन्द्र राना मगरकाे आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे हो ।
मगर बचत तथा कर्जा लगानी कोषका अध्यक्ष बिश्व राज जर्गा थापा मगरकाे सभाध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा संस्थागत प्रतिबेदन अध्यक्षले प्रस्तुत गरेका थिए भने काेषका सचिव ईश्वर थापा मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अधिकतम २५,०००।- पच्चीस हजार र न्युनतम ५,०००।- पाँच हजार शेयर रहेकाे काेषमा अधिकतम शेयरधनिलाई रु.८,७५०|- र न्युनतम लाई रु.१,७५०|- बाेनस नगद रकम वितरण गरिएको काेषाध्यक्ष लक्ष्मी आले थापा मगरले जानकारी दिए ।
संस्थाले २०७४/०७५ देखि ०७९/०८० सम्मको बाेनस नगद वितरण गरिएको उक्त बार्षिक साधारणसभाका प्रमुअ अतिथिले बिनिमय र साधारणसभामा पारित संस्थागत प्रतिवेदन र आर्थिक प्रतिवेदन संचालक समितिले कार्यान्वयन गरि शेयर सदस्य र शेयर पुंजि बढाउनु पर्नेमा विशेष जाेडदिनुपर्ने भनाई राखेका थिए ।
