Sidha Patra बिहिबार, आश्विन १७, २०८१

धनगढी । भारतबाट चोरेर ल्याएको सुन जिल्ला प्रहरी कार्यालय डोटीले फिर्ता गर्न लगाएको छ ।

भारतबाट चोरेर डोटी पुगाइएको सुन प्रहरीले फिर्ता गर्न लगाएको हो । भारतको राजस्थान राज्य नागौर किशनगढ जिल्ला परवतसरको एक घरबाट सुन चोरेर डोटी पुगाइएको थियो । चोरेर ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुनधनी महेन्द्र सिंहलाई फिर्ता गराएको छ ।

जिल्लाको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर –२ का २४ वर्षीय रविसिंह भनी चिनिने कैलाश ढोलीले गत जेठ १४ गते महेन्द्र सिंहको घरबाट चोरी गरेर ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए।

त्यस्तै भारतबाट सुनचाँदी र नगद चोरी गरेर नेपाल आउन लागेका दुई जनालाई भने भारतको पलियामा पक्राउ गरेर उतै मुद्दा चलेको र नेपाल आएका कैलाशलाई अनुसन्धानको दायरामा ल्याउँदा ४१५ दशमलव ३७ ग्राम सुन बरामद भएको प्रहरी उपरीक्षक शर्माले बताए । ‘त्यतिबेला प्रहरीले कैलाशबाट सुन बरामद गरेर धनगढीस्थित एक बैंकको लकरमा राखिएको थियो। आज सो सुन सुनधनीलाई बुझाइएको छ।’ सुनधनी आफ्नो सुन लिन यहाँ डोटी नै पुगेको उनले बताए ।

यस्तै महेन्द्रको घरमा काम गर्ने कैलाशले घरधनी घुम्न गएको बेला चोरी गरेर भागेका थिए। २०७८ माघ २६ गतेको सचिव स्तरको निर्णय र सोही निर्णयको आधारमा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्राचार अनुसार सम्बन्धित व्यक्ति महेन्द्र सिंहलाई सुन हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। महेन्द्रले भारतमा पक्राउ परेका दुई जनाबाट दुई सय ग्राम र डोटीबाट पक्राउ परेका एक जनाबाट ४१५ दशमलव ३७ ग्राम सुन प्राप्त भएको बताए। प्रहरीले सुन जनप्रतिनिधिको रोहोवरमा हस्तान्तरण गरेको थियो।दिनेशखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]