
Gsbg-3
ksbl-7
Msbg-2
Gsbr-6
jsbr-3
Jsbg-7
Rksr-7
Pbu
Usbl-7
Csbg-7


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले एक लाख रुपैयाँमा धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही ५०/५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो। त्यस्तै प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यहीँ असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
