
Gfs
Lnp
pku
sbs
Pbu
Pes
Rgp
Unsku
cjs
Rgp1
Ggp
Srbpu
Sgr
Djs

Ggd
Hal
Sbs
Bbu
Tsm
Wsp
Gst
nsb
Rgu
Asm
Bbbpu
Rsb
Ksm
Pvg
Rgu
Vor
Ssm
Sls
Rgs

Rpp
bbt
Jmb
Ptm
Pls
Abd
Rmb
Mks
Syp
Bml
Gsb
Jmb
sab
गुल्मीको सदरमुकाम तम्घासमा बिद्यालयममा १६ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको लागि जिल्लामै पहलोपटक रेसुङ्गानगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा १६ शैयाको आइसुलेसन वार्डको स्थापन भएको हो ।
विश्वब्यापि रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पुर्व तयारीको रुपमा आइसुलेसन कक्षको स्थापनागरीएको गुल्मी अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डन डक्टर उत्तम पच्याले बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरी उक्त विद्यालयमा १६ शैयाको आइसुलेसन कक्ष स्थापना गरेको डक्टर पच्या बताए ।
कोरोना संंक्रमणमित बिरामीलाई अस्पतालमा आइसुलेसन कक्ष छुट्याएर छुट्टै उपचार गर्नुपर्ने भएकोले अस्पतालको नजिक रहेको बिद्यालयलाई छनोटमा राखेर आइसुलेन कक्ष स्थापना गरेको डक्टर.पच्याले बताए । तम्घासमा स्थापना गरिएको आइसुलेसन कक्ष जिल्लामै पहलो रहेको छ ।
सबै स्थानिय तहमा हेल्प डेक्स
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।
भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीहरु भइरहेको पराजुलीले बताए । आइसुलेसन कक्ष स्थापनाको लागी रेसुङ्गानगरपालिको तर्फबाट रु १० लाख जिल्ला समन्वयन समितिको पहलमा गुल्मी अस्पतालबाट रु ५ लाख रुपैया संकलनगरी आइसुलेसन कक्षको लागि आवश्यक पर्ने सामाग्री खरीद गर्न रु १० लाख रुपैयाँ काठमाण्डौ पठाइएको पराजुलीले बताए ।
कोरोनाभाइरस बाट बचाउन पुर्व तयारीका लागी विपद् व्यावस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए ।
कफ्र्यू आदेश जारी
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा मंगलवारबाट निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको थियो ।
निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिए अनुसार जिल्लामा अत्याबश्यक सेवाका सवारी बाहेक अन्य कुनैपनि सवारी साधान र नागरिकसमेत हिड डुल गरेका छ्रैनन् ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
निषेधाज्ञा अबधीमा अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।
खाद्ययन्न संचित नगर्न व्यवसायीको आग्रह
अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफुल, दुध तथा औषधीको पसलबाट तोकिएको समयमा सामाग्री लिन सकिने भएकाले नागरिकलाई अनाबश्यक संचित नगर्न उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ । बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्यास, पेट्रोल, औषधीको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
