
Ggp
Rgp1
Unsku
Srbpu
Sgr
Pbu
Lnp
Rgp
pku

Ksm
Asm
Wsp
Rsb
Ggd
Rgs
Bbu
Sls
Ssm
Sbs
Pvg
Hal
Gst
nsb
Tsm
Bbbpu
Rgu
Rgu
Vor

sab
Abd
Gsb
Ptm
Rpp
Rmb
Bml
Mks
Pls
Syp
bbt
Jmb
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न प्रदेश सकार निर्मम भएर अघि बढ्न खाेजेकाे बताएका छन् ।
पूर्व बिशिस्ट व्यक्तिकाे सुविधा खारेजीदेखि मुख्यमन्त्री तथा मन्त्रीहरुलाइ आचारसंहिता लागू गरेर जनतामा बढ्दै गएकाे निरासालाई आशामा बदल्नेगरी निर्मम निर्णयहरु गरेर अघि बढेकाे स्पष्ट पारेका हुन् ।
सुपा देउराली मन्दिर निर्माण तथा व्यवस्थापन समिति लमही नगरपालिका-५ र रेडियो हाइवे लमहीले संयुक्तरूपमा आयाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न आफू कठाेर भएर अघि बढेकाे बताए ।`साच्चै गाडी चढ्ने मन भएकाे भए त्याे निर्णय किन हटाउथे । पदबाट हटेकाे भएपनि गाडी पाउथे । चालक पाउथे । डेढ सय लिटर तेल पाउथे । तर, मैले निर्णय उल्टाए´उनले भने-`पूर्व बिशिस्ट व्यक्तिले पाउने सेवा सुविधाकाे निर्णय उल्टाए । त्यसपछि सबैले गाडी फिर्ता गरे । सरकारले सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गरेकाे छ ।´आफू नेतृत्व सरकारले नराम्रो काम नगर्ने भनाइ उनकाे छ ।
`तपाईहरुकाे शिर निहुँरिन दिने छैन । छाति चाैडा हुनेगरी, सन्देश दिनेगरी काम गर्नेछु । सके राम्रो गर्ने छु, नसके काम बिगार्ने छैन´उनले भने-` म मृत्युलाई जितेर बाँचेकाे हुँ । सेवाकाे निम्ति सधैं समर्पित छु । मनमा खाेट भएन भने त्याे मान्छेले काम गरेर देखाउन सक्छ ।´ उपभोक्ता समितिकाे नाममा हुने बेथिति राेक्न याेजना कार्यान्वयनलाइ प्रतिसपर्धात्मक बनाउन सफल भएको बताए ।`निर्णय गरेकाे केही समयसम्म दबाबहरु आए तर, हामी निर्णयमा अडिग थियौं´उनले भने-`अहिले ठेक्काकाे काम अघि बढिसकेको छ ।´
कार्यक्रममा लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसीले प्रदेश सरकारले अघि बढाएको सुशासन र भष्ट्राचार नियन्त्रण गर्ने कामबाट नागरिकमा आशा जगाउन सफल भएको बताए । देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा रेडियो हाइवे सञ्चालक समितिका अध्यक्ष लिलाराम खनालले लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका कामले नागरिकमा बेग्लै अनुभुती दिन थालेकाे बताए । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति र रेडियो हाइवेकाे तर्फबाट मुख्यमन्त्री आचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियाे ।
लमहीमा सुपा देउराली मन्दिर बन्दै
अर्घाखाँचीबाट बसाइँसराइ गरेर दाङ देउखुरी झरेकाहरुकाे प्रयासमा लमहीमा ढुंगाबाट मात्रै बनेकाे सुपा देउरालीकाे मन्दिर स्थापना गर्न थालिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समुहले सञ्चालन गरेकाे पार्क भित्र मन्दिर स्थापना गर्न थालिएको समितिका अध्यक्ष डिल्लीराज खनालले जानकारी दिए । सिमेन्ट र सरिया बिना ढुंगा कुदेर मन्दिर बनाउन थालिएको हाे । याे मन्दिरले पर्यटन प्रबर्द्धनमा याेगदान पुर्याउने विश्वास गरिएको छ ।
त्यस्तै मन्दिर बनाउन प्रदेश सरकारले साथ दिने, याे बर्ष बजेट उपलब्ध गराउन नसक्ने, अर्काे बर्ष अनुभुति हुनेगरी बजेट बिनियाेजन गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ताराप्रसाद खनालकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण समितिका सचिव नारायण प्रसाद भुसालले गरेका थिए ।

