
Rgp
Ggp
Sgr
Unsku
Pbu
Srbpu
pku
Lnp
Rgp1

Rgs
Bbbpu
Ggd
Bbu
Ksm
Asm
Tsm
Rsb
Hal
nsb
Pvg
Ssm
Vor
Sls
Rgu
Gst
Wsp
Sbs
Rgu

Ptm
Gsb
bbt
Syp
Abd
Bml
sab
Jmb
Rpp
Jmb
Mks
Rmb
Pls
दाङ । राप्ती गाउँपालिकाले धान उत्पादक कृषकलाई प्राेत्साहान गरि उत्पादन वृद्धि गर्ने उदेश्यले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ” खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान” कार्यक्रम अन्तर्गत सबैभन्दा बढी धान उत्पादन गरि प्रथम,द्वितीय र तृतीय हुने कृषकहरुलाई क्रमश १२ हजार,१० हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
गाउँपालिकाले बुधबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्ड बमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान समेत गरेको छ । सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र आवेदन दिई मापदण्ड बमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए ।
गडरियाका पुरस्कृत हुनका लागि कृषकलेमा पनि ५ कठ्ठामा धान खेती गरेको हुनुपर्ने,धान खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्ग मिटर नमूना लिनका लागि राख्नुपर्ने,काटने,दाउने तथा झाटने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहवरमा धानको तौल लिइने भएको छ ।
आवेदन दिनका लागि अनुसूची-२ बमोजिमको निवेदन, अनुसूची-३ बमोजिमको विवरण, आधिकारीक व्यक्तिहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र जग्गाको लालपूर्जा वा भाडामा लिएको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी र दर्ताको नभएको हकमा वडाकाे सिफारिस आवश्यक पर्ने जनाईएको छ।
