
Gsb
Ksb
Ksb
Ppu
Ksb
Ssb
Usb
Rks
Bsn
Ssb
Tgp
Csb
jsb
Fmb
Nsb
Rsb

Tsb
Ssb
Gsb
Usb
Hl1

Rgu
ptl
Nps
बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सिमा नाकामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ ।
सशस्त्र प्रहरीले बाँकेको ८४ किलोमिटर लामो सिमा नाकामा नियमितरुपमा गस्ती गर्दै कडा निगरानी बढाएको हो । सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएका सशस्त्र प्रहरी उपरीक्षक एसपी बिमल डाँगीले बाँके जिल्लाका सबै स्थानहरुको सिमा नाकामा गएर अबलोकन गर्दै जिल्लामा रहेका सबै बीओपीका कमान्डरहरुलाई सिमा नाकामा हुने हरेक गतिविधिमा नजर गाड्न निर्देशन समेत दिएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक एसपी डाँगीले सिमा नाकाको सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण,मानव तस्करी विरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन जारी गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक डाँगीको कडा निर्देशन पश्चात बाँकेमा रहेका कटकुइँया,नरैनापुर,गंगापुर,खडैँचा, कालाबन्जार,जमुनाह, जयसपुर र बढैया गरी सबै बीओपीहरु सिमा नाका कडारुपमा प्रस्तुत हुँदै आएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक डाँगी आउनु अघि सिमा नाकामा सशस्त्र प्रहरीले कडाई नगरेको भने होइन,तर एसपी डाँगी आफैंमा कडा खालका सशस्त्र प्रहरी अधिकृत भएका कारण र आफ्नो स्वभाव अनुरुप कार्य गर्न रुचाउने भएका कारण सिमा नाकामा झनै कडाई गर्दै सिमा नाकाबाट हुने तस्करी नियन्त्रण तथा राजस्व संकलन,अपराध निर्मूल पार्ने कार्यलाई उहाँले पहिलो प्राथमिकतामा राखेका छन् ।
त्यस्तै चोरी तस्करी नियन्त्रणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी उपरीक्षक डाँगीले कोही पनि व्यक्तिलाई चोर नाकाबाट नभएर मुख्य सिमा नाकाबाट आवतजावत गराउन आफ्ना मातहतका बिओपी कमान्डरलाई निर्देशन समेत दिएका छन् ।
सशस्त्र प्रहरी बाँकेको कमान्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक डाँगीले एक हप्तामा करिब ५० लाख बराबरको राजस्व संकलन गर्न समेत सफल भइसकेका छन् । एसपी डाँगी आएयता लाखौं रुपैयाँका लत्ताकपडा,लाखौं रुपैयाँका विभिन्न इलेक्ट्रिकल सामाग्री,पशुजन्य बस्तु,हार्डवयरका सामाग्री,गरगहना,तस्करीमा प्रयोग गरिएका सवारी साधन,विभिन्न खाले समान लगायतका सामाग्रीहरु धमाधम बरामद गरिएका छन् ।
यस्तै संगठनप्रति कर्तव्यनिष्ठ भएर लागिपर्ने सशस्त्र प्रहरी उपरीक्षक डाँगीले तस्करीप्रति कुनै सम्झौता नहुने बताउँदै ७ दिनमा ५० लाख बराबरको अबैध तस्करीको समान पक्राउ गरि भन्सार बुझाउनु भएको छ ।

