
Ksbus
Asbus
Msbus
Ggp
Ksbus
Lnp
Sdc
Rgp
Ggp


गार्हो छैन कविता लेख्न भनी ठान्थेँ
सबैभन्दा सजिलो काम कविता लेख्न मान्थेँ
मेरो यो सोँच धेरै दिन टिक्न पाएन
के गरौँ साथी मलाई कविता लेख्नै आएन।
आमालाई सोधेँ आमालाई पनि आएन
बुबालाई सोधेँ केही जवाफ आएन
अब त कविता लेख्ने केही आशै रहेन
के गरौँ साथी मलाई कविता लेख्नै आएन।
सधैँ गीत गाउने कोइलीले आज गीत गाएन
आफ्नो अज्ञानता हेरी मनले आरामै पाएन
सधैँ बोल्ने कोइलीले आज शब्दै ल्याएन
के गरौँ साथी मलाई कविता लेख्नै आएन।
पढ्न लेख्न थालेको बाह्र वर्ष भयो
कविता लेख्ने सीप भने खै कता पो गयो
गाह्रो रहेछ कविता लेख्न सजिलो छैन यो काम
कविता लेख्ने कार्यलाई मैले भनेँ राम! राम!
विपिन खनाल कक्षा:९
गोरखा नमूना माध्यमिक विद्यालय लमही दाङ ।
