
Tgp
Ksb
Rks
Ssb
Ppu
Fmb
Ssb
Rsb
Ksb
Ksb
Nsb
Bsn
Csb
jsb
Gsb
Usb

Ssb
Usb
Hl1
Gsb
Tsb

Nps
ptl
Rgu
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो ।
त्यस्तै उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो । अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले बताए । विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
यस्तै ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ । ब्यूरोका ती अधिकृत भन्छन्, ‘उनलाई अब अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राख्छौँ ।’
