
Usbl-7
Msbg-2
Csbg-7
Gsbr-6
Jsbg-7
Pbu
ksbl-7
Gsbg-3
jsbr-3
Rksr-7


प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा अल्पसंख्यकसंग प्रहरी वृक्षरोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
ऐरावती गाउँपालिका वडा नम्बर ५ सिन्दुरेडाँडा स्थित सामुदायिक भवनको परिसरमा प्रहरी कर्मचारी, गन्धर्व समुदायका स्थानीयवासी लगायतको उपस्थितीमा गिठ्ठी प्रजातिको ३० वटा बिरुवा रोपण गरिएको हो ।
त्यस्तै उक्त कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले गन्धर्व समुदायको आर्थिक उपार्जनका लागि गिठ्ठीको बिरुवा बृक्षारोपण गरिएको बताए । गन्धर्व समुदायको कला संस्कृतीलाई लोप हुनबाट बचाउन विभिन्न विकासका कार्यक्रमहरु संचालन गरिनु पर्नेमा उनले जोड दिए । यसका साथै गन्धर्व समुदायको मौलिक बाजा सारङ्गि संरक्षणको लागी पुस्ता हस्तान्तरण जरुरी रहेको प्रमुख जिल्ला अधिकारी शर्माको ठहर रहेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक इश्वर थापाले अल्पसंख्यक गन्धर्व समुदायको समस्या पहिचान तथा सामाधान हुनुपर्ने बताए । उनले अपराध न्यूनिकरणका साथै गन्धर्वहरुको सीपलाई उजागर गर्नु, परम्परा, कला, सस्कृतिको जगेर्ना गर्नु र सिप विकास मार्फत मनोसामाजिक स्वस्थ्य प्रवर्धन गर्न सांकेतिक रुपमा कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन स्थानीयलाई आग्रह गरे ।
गन्धर्व समाजका सचिव अर्जुन गन्धर्वले स्थानीयसंग हातेमालो गर्दै अभिभाबकिय भुमिका निर्वाह गरेकोमा जिल्ला प्रहरी कार्यालय प्युठानलाई धन्यवाद ब्यक्त गरे । साथै शुक्रबार रोपण गरिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता समेत जनाए ।
