
Lks
Rgp
Lnp
Dbs
Dus
Rgp
Rgp
Pbu
Rgp
Sgp
Ggp
Asb
ksb
Ggp
lnp
Jns
Usb


दाङ । आज लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ ।
प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गरेकी हुन् । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको आज २९ औँ बैठकमा समितिका सभापति बुढाले प्रतिवेदन सहितको विधेयक पेस गरेकी हुन् ।
यहीँ भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथि पुनः छलफल गरेर आज बैठकमा पेस गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औँ बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेस गरिएको समितिका सभापति बुढाले जानकारी दिइन् ।
त्यस्तै आज बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेस गरेका छन् ।
